Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सोमबार ललितपुरमा थपिए २९ जना कोरोना संक्रमित, कुन पालिकामा कति ?

सोमबार ललितपुरमा थपिए २९ जना कोरोना संक्रमित, कुन पालिकामा कति ?

दैनिकी न्यूज

२९, भाद्र २०७७
सोमबार ललितपुरमा थपिए २९ जना कोरोना संक्रमित, कुन पालिकामा कति ?
images

ललितपुर । ललितपुरमा सोमबार थप २९ जना कोरोना संक्रमित थपिएका छन् ।

ललितपुर महानगरपालिका, महालक्ष्मी र गोदावरी नगरपालिकाका विभिन्न स्थानका २९ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । तिनीहरुमध्ये ११ जना महिला र १८ जना पुरुष रहेका छन् ।

पछिल्लो दिन संक्रमितको संख्या बढीरहेको ललितपुर महानगरपालिकाका ७ जना महिला, १२ जना पुरुष गरी जम्मा १९ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै महालक्ष्मी नगरपालिकाका ३ जना महिला, ४ जना पुरुष गरी ७ जना र गोदावरी नगरपालिकाका १ जना महिला, २ जना पुरुष गरी ३ जनामा कोरोना पोजिटिभ देखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

योसँगै ललितपुरमा कोरोना संक्रमितको संख्या १३ सय ५८ जना रहेको छ, जसमध्ये पुरुष ७६० जना र महिला ५९८ जना रहेको छ

images
प्रकाशित मिति :भाद्र २९, २०७७ सोमवार - २०:४५:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology