काठमाडौं । सरकारले अन्तरिक हवाई उडान सार्वजनिक सवारी साधानहरु असोज १ गते देखि नै सञ्चालनमा ल्याउने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरिक हवाई उडान सुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा पराराष्ट मन्त्रि प्रदिप ज्ञवालीले जानकारी गराएका हुन् ।
जहाजमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ भने मास्क, भाइजर अनिवार्य गरिएको छ ।
यस्तै मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै असोज १ गतेदेखि यातायात सञ्चालन गर्न दिने निर्णय गरेको उनले बताए। तर यसरी गाडी चलाउँदा सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु बोक्न पाइनेछ। यसका साथै एकातर्फको सिटमा एकजना मात्रै यात्रु राख्न पाइने भएको छ। परराष्ट्र मन्त्री ज्ञवालीले व्यवसायीले अहिलेको भाडादरमा ५० प्रतिशत बढाएर यात्रु बोक्न सक्ने निर्णय भएको पनि जानकारी दिए।