काठमाडौं । ललितपुरका विभिन्न हस्पिटलमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार सुमेरु अस्पतालमा १ जना र निदान अस्पतालमा १ जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंं र रामेछापका हुन् ।
सुमेरु अस्पताल, धापाखेलमा उपचाररत काठमाडौंका ८१ वर्षीया महिलाको मंगलबार मृत्यु भएको छ । उनी भदौ २९ गतेदेखि उक्त अस्पतालमा उपचार गराइरहेकोथिए ।
यसैगरी ललितपुरकै निधान अस्पताल, पुल्चोकमा उपचार गराइरहेका रामेछापका ३६ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनी भदौ २४ गतेदेखि उक्त अस्पतालमा उपचार गराइरहेकोमा मंगलबार निधन भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।