काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं, भक्तपुर र ललितपुरमा ७३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जनाएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार उपत्यकाका काठमाडौँमा ६५२, भक्तपुरमा २५ र ललितपुरमा ६० जनामा कोरोना पुष्टि भएको हो ।
आज काठमाडौंका २१६ जना महिला, ४३६ जना पुरुष, ललितपुरका २४ जना महिला, ३६ जना पुरुष र भक्तपुरका १३ जना महिला, १२ जना पुरुष रहेका छन् ।
उपत्यकामा संक्रमितको संख्या साढे ६ हजार
काठमाडौं उपत्यकामा संक्रमित कोरोना संक्रमितको संख्या ६ हजार ४४४ जना रहेका छन्, जसमा काठमाडौंका ५ हजार ४४६ जना, ललितपुरका ४९७ जना र भक्तपुरका ५०१ जना रहेका छन् ।
त्यस्तै काठमाडौं उपत्यकामा निको हुनेको संख्या ५ हजार ७२२ जना रहेका छन्, जसमा काठमाडौंका ४ हजार ५२० जना, ललितपुरका ६८४ जना र भक्तपुरका ५१८ जना रहेका छन् ।
काठमाडौं उपत्यकामा हालसम्म कोरोना संक्रमणबाट ८४ जनाको निधन भएको छ, जसमा काठमाडौंका ६२ जना, ललितपुरका ९ जना र भक्तपुरका १३ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।