Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

पत्रकार थापालाई बीमा वापतको रकम हस्तान्तरण

पत्रकार थापालाई बीमा वापतको रकम हस्तान्तरण

दैनिकी न्यूज

१, आश्विन २०७७
पत्रकार थापालाई बीमा वापतको रकम हस्तान्तरण
images

काठमाडौं । मिसन मिडिया क्लवले आज एक कार्यक्रमकाबीच पत्रकार महासंघ ललितपुरका कोभिड संक्रमित पत्रकार विदुर थापालाई कोभिड बीमाको एकलाख रुपैयाँको चेक हस्तान्तरण हस्तान्तरण गरेको छ ।

कोभिड–१९ को सङ्क्रमणको बढ्दो जोखिमकाबीच पनि अविराम आफ्नो कर्म क्षेत्रमा क्रियाशील नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिअन्तर्गत काठमाडौँ, भक्तपुर र ललितपुरका ११९ पत्रकारको सुरक्षाको लागि क्लवको तर्फबाट पत्रकार ‘ पत्रकार कोभिड बीमा’ गरिएको थियो ।
नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिका महासचिव रहेका क्लबका अध्यक्ष श्रीजन झाले आज प्रदेश समितिको कार्यकक्षमा आयोजित कार्यक्रमकावीच पत्रकार थापालाई बीमा कम्पनी सगरमाथा इन्स्योरेन्सबाट प्राप्त विमा रकम रू १ लाखको चेक हस्तान्तरण गरेको हो ।

त्यसअवसरमा उपत्यका प्रदेश समितिका कोषाध्यक्ष टेकबहादुर रोका, महासंघ ललितपुर शाखाका कोषाध्यक्ष रामहरि कार्की, कान्तिपुर हटलाइनका पत्रकारद्दय विष्णु विष्ट, त्रिरत्न महर्जन लगायतको उपस्थित रहेको थियो ।

त्यस्तै अवको केहि दिनमा अर्का कोभिड संक्रमित पत्रकार संजय केसीलाई समेत विमा वापतको रकम हस्तान्तरण गरिने महासचिव झाले जानकारी दिए ।

images
प्रकाशित मिति :आश्विन १, २०७७ बिहिवार - १५:३७:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology