Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

बिहीबार ललितपुरमा थपिए ५४ जना कोरोना संक्रमित, कुन पालिकामा कति ?

बिहीबार ललितपुरमा थपिए ५४ जना कोरोना संक्रमित, कुन पालिकामा कति ?

दैनिकी न्यूज

१, आश्विन २०७७
बिहीबार ललितपुरमा थपिए ५४ जना कोरोना संक्रमित, कुन पालिकामा कति ?
images

ललितपुर । ललितपुरमा बिहीबार थप ५४ जना कोरोना संक्रमित थपिएका छन् ।

ललितपुर महानगरपालिका, महालक्ष्मी र गोदावरी नगरपालिकाका विभिन्न स्थानका ५४ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । तिनीहरुमध्ये २६ जना महिला र २८ जना पुरुष रहेका छन् ।

पछिल्लो दिन संक्रमितको संख्या बढीरहेको ललितपुर महानगरपालिकाका २२ जना महिला, २५ जना पुरुष गरी जम्मा ४७ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै महालक्ष्मी नगरपालिकाका ३ जना महिला, ३ जना पुरुष गरी ६ जना र गोदावरी नगरपालिकाका १ जना महिलामा कोरोना पोजिटिभ देखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

योसँगै ललितपुरमा कोरोना संक्रमितको संख्या १४ सय ९५ जना रहेको छ, जसमध्ये पुरुष ८३६ जना र महिला ६५९ जना रहेको छ ।

images
प्रकाशित मिति :आश्विन १, २०७७ बिहिवार - २२:०८:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology