Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

राजधानीका ५ सय कोराना संक्रमित सम्पर्कविहीन, दुई महानगरको टाउको दुखाइ

राजधानीका ५ सय कोराना संक्रमित सम्पर्कविहीन, दुई महानगरको टाउको दुखाइ

दैनिकी न्यूज

२, आश्विन २०७७
राजधानीका ५ सय कोराना संक्रमित सम्पर्कविहीन, दुई महानगरको टाउको दुखाइ
images

काठमाडौं । राजधानीका दुई महानगरपालिकाका ५ सय कोरोना संक्रमित सम्पर्कविहीन छन् । आरटी पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएका उनीहरु सम्पर्कमै नआएपछि काठमाडौं र ललितपुर महानगरपालिकालाई टाउको दुखाइ बनेको छ ।

काठमाडौं महानगरपालिकाले जारी गरेको तथ्यांकमा ४ सय ५२ र ललितपुर महानगरपालिकाले दिएको तथ्यांकमा ७५ जनाले स्वाब परीक्षण गर्दा गलत फाराम भरेपछि उनीहरुको खोजीमा समस्या आएको हो । दुई महानगरपालिकाभित्र टेकु अस्पताल र विभिन्न ल्याबमा परीक्षण गर्न स्वाब संकलन गर्दा गलत ठेगाना, मोबाइल नम्बर दिँदा समस्या भएको हो ।

काठमाडौं महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरले परीक्षणकर्ताले गलत सूचना दिँदा समस्या आएको बताउनुभयो । उहाँले राजधानीका विभिन्न ल्याबमा परीक्षण गर्दा पोजेटिभ आएका संक्रमितले दिएको मोबाइल नम्बर र ठेगाना गलत हुँदा समस्या आइरहेको बताए ।

नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

images
प्रकाशित मिति :आश्विन २, २०७७ शुक्रवार - ०७:१२:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology