काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८५९ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा ८५९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
काठमाडौंका ६९८ , भक्तपुरका ८२ र ललितपुरका ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा.गौतमले जानकारी दिए ।
काठमाडौंका संक्रमितमध्ये २१६ जना महिला, ४८२ पुरुष, ललितपुरका ३२ जना महिला, ४७ जना पुरुष र भक्तपुरका ४८ जना महिला, ३४ जना पुरुष रहेका छन् ।
तर बिहीबार मात्रै ६१८ जनामा कोरोना संक्रमण देखिएको थियो ।