Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

शुक्रबार ललितपुरमा थपिए ६८ जना कोरोना संक्रमित, कुन पालिकामा कति ?

शुक्रबार ललितपुरमा थपिए ६८ जना कोरोना संक्रमित, कुन पालिकामा कति ?

दैनिकी न्यूज

२, आश्विन २०७७
शुक्रबार ललितपुरमा थपिए ६८ जना कोरोना संक्रमित, कुन पालिकामा कति ?
images

ललितपुर । ललितपुरमा शुक्रबार थप ६८ जना कोरोना संक्रमित थपिएका छन् ।

ललितपुर महानगरपालिका, महालक्ष्मी, गोदावरी नगरपालिका र महांकाल गाउँपालिकाका विभिन्न स्थानका ६८ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । तिनीहरुमध्ये २८ जना महिला र ४० जना पुरुष रहेका छन् ।

पछिल्लो दिन संक्रमितको संख्या बढीरहेको ललितपुर महानगरपालिकाका २४ जना महिला, ३४ जना पुरुष गरी जम्मा ५८ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै महालक्ष्मी नगरपालिकाका ४ जना पुरुष, महांलक्ष्मी नगरपालिकाका ४ महिला र महांकाल गाउँपालिकाका २ पुरुषमा कोरोना पोजिटिभ देखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

योसँगै ललितपुरमा कोरोना संक्रमितको संख्या १५ सय ६३ जना रहेको छ, जसमध्ये पुरुष ८७६ जना र महिला ६८७ जना रहेको छ ।

images
प्रकाशित मिति :आश्विन २, २०७७ शुक्रवार - २१:१२:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology