Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कोरोना भाइरस संक्रमण केही दिनयता बढ्दो क्रममा

कोरोना भाइरस संक्रमण केही दिनयता बढ्दो क्रममा

दैनिकी न्यूज

३, आश्विन २०७७
कोरोना भाइरस संक्रमण केही दिनयता बढ्दो क्रममा
images

काठमाडौं । कोरोना भाइरस संक्रमण फैलावटको दायरा तीव्र बनिरहेको छ । जेठ, असार र साउनमा थपिएका कुल संक्रमितभन्दा भदौमा मात्रै संक्रमितको संख्या बढी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जेठ, असार र साउनमा थप २५ हजार ७ सय ५९ जनामा संक्रमण पुष्टि भएको थियो । तर, भदौमा मात्रै थप ३१ हजार ८६ जनामा संक्रमण पुष्टि भएको छ ।

जेठमा ५ हजार ४ सय ७७, असारमा १० हजार ९ सय ६६ र भदौमा ३१ हजार ८१ संक्रमित थपिएका थिए । यो तथ्यांकले संक्रमणको दर अत्यधिक रूपमा बढ्दै गइरहेको संकेत गर्छ ।

परीक्षणको दायरा बढाएसंगै संक्रमितको संख्या बढी देखिएको विज्ञहरूले बताएका छन् । पछिल्ला चार महिनामा ८ लाख २७ हजार ८ सय ३ जनाको आरटी–पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ ।

जसअनुसार गत जेठमा १ लाख १० हजार ७ सय १३, असारमा १ लाख ६० हजार १ सय ४६, साउनमा २ लाख १४ हजार ९७, भदौमा ३ लाख ४२ हजार ८ सय ४७ जनाको कोरोना परीक्षण गरिएको हो । १ र २ असोजमा २२ हजार ९९ जनाको कोरोना परीक्षण गर्दा ३ हजार २ सय ६६ जनामा संक्रमण देखिएको छ ।

देशभर शुक्रबार अहिलेसम्मकै सबैभन्दा धेरै २ हजार २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार संक्रमितको संख्या ६१ हजार ५ सय ९४ पुगेको छ ।

जसअन्तर्गत प्रदेश १ को उदयपुरमा २, ओखलढुंगामा १, झापामा ६, भोजपुरमा २, मोरङमा १ सय १८ र सुनसरीमा ५८ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश २ को धुनषामा ९, पर्सामा १७, बारामा ७८, रौतहटमा ६, सप्तरीमा ४५, सर्लाहीमा २ र सिरहामा १९ जनामा कोरोना देखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बाग्मती प्रदेशको काभ्रेमा ६, चितवनमा १ सय ९१, दोलखामा १, धादिङमा १४, नुवाकोटमा ६, मकवानपुरमा ३०, रामेछापमा ६ र सिन्धुपाल्चोकमा ३ जनामा कोरोना भेटिएको छ ।

यस्तै, गण्डकी प्रदेशको कास्कीमा ८६, गोरखामा १२, तनहुँमा ५, नवलपरासी पूर्वमा ३९ र लमजुङमा ६ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश ५ को अर्घाखाँचीमा ९, कपिलवस्तु र गुल्मीमा ६(६, दाङमा २४, नलवपरासीमा ४१, पाल्पामा ३, प्यूठानमा १, बर्दियामा १८, बाँकेमा २, रूपन्देहीमा ८६ र रोल्पामा ९ जनामा कोरोना देखिएको छ ।

कर्णाली प्रदेशको दैलेखमा १, रुकुम पश्चिममा २३, सुर्खेतमा १ सय १७, सुदूरपश्चिमको अछाममा १६, कञ्चनपुरमा ७, कैलालीमा १७, डोटीमा १, बझाङमा १, बाजुरामा ३ र बैतडीमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार ११ हजार ४ सय ५८ जनाको नमुना परीक्षण गरिएको हो । पछिल्लो २४ घण्टामा ८ सय ७१ जना डिस्चार्ज भएका छन् । देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ४३ हजार ८ सय २० जना पुगेको छ ।

काठमाडौँ उपत्यकामा शुक्रबार थप ८ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ६ सय ९८, ललितपुरका ७९ तथा भक्तपुरका ८२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये हालसम्म ३ सय ९० जनाको मृत्यु भएको छ ।

हालदेशभर १ सय ७३ जना आईसीयू र ३६ जना भेन्टिलेटरमा छन् । देशभर ७ हजार ७ सय ३६ जना क्वारेन्टिनमा छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ८ लाख ९४ हजार ३ सय ७३ जनाको आरटी–पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ ।

यो खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

images
प्रकाशित मिति :आश्विन ३, २०७७ शनिवार - ०६:४०:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology