Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कांग्रेस महामन्त्री कोइराला अस्पतालबाट डिस्चार्ज

कांग्रेस महामन्त्री कोइराला अस्पतालबाट डिस्चार्ज

दैनिकी न्यूज

३, आश्विन २०७७
कांग्रेस महामन्त्री कोइराला अस्पतालबाट डिस्चार्ज
images

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) पोजिटिभसँगै स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन्।

स्वास्थ्यमा सुधार आएसँगै पाँच दिनदेखि काठमाडौँको चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका कोइराला शनिबार डिस्चार्ज भएका हुन्।

स्वास्थ्यमा सुधार आएपछि डाक्टरसँगको परामर्शमै डिस्चार्ज भएको र घरमै केही दिन आइसोलेसनमा बस्ने कोइरालाले जानकारी दिएका छन्।

‘मेरो स्वास्थ्यस्थितिमा क्रमिक सुधार आएसँगै आजै ओम अस्पतालबाट डिस्चार्ज भएको छु। चिकित्सकको सल्लाह बमोजिम अब केही दिन होम आइसोलेशनमै रहने छु’, महामन्त्री कोइरालाले भने।

डिस्चार्जपछि महामन्त्री कोइरालाले आफ्नो स्वास्थ्यका बारेमा चासो राख्ने सबैलाई धन्यवाद दिएका छन्।

images
प्रकाशित मिति :आश्विन ३, २०७७ शनिवार - १४:५४:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology