Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थपिए ७११ जना कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थपिए ७११ जना कोरोना संक्रमित

दैनिकी न्यूज

३, आश्विन २०७७
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थपिए ७११ जना कोरोना संक्रमित
images

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा ७११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

काठमाडौंका ५७० , भक्तपुरका ८३ र ललितपुरका ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा।गौतमले जानकारी दिए ।

काठमाडौंका संक्रमितमध्ये २११ जना महिला, ३५९ पुरुष, ललितपुरका ३० जना महिला, २८ जना पुरुष र भक्तपुरका ३७ जना महिला, ४६ जना पुरुष रहेका छन् ।

त्यस्तै आज काठमाडौं उपत्यककाका ५ जनाको निधन भएको छ । ललितपुरका ७६ वर्षिया महिला, ६८ वर्षिय महिला, ६० वर्षिय पुरुष र काठमाडौंका ७७ वर्षिया महिला, ७५ वर्षिय पुरुष रहेका छन् ।

काठमाडौं उपत्यकाका तिन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा कोरोना संक्रमितको संख्या ५ सय भन्दा बढी रहेका छन् ।

images
प्रकाशित मिति :आश्विन ३, २०७७ शनिवार - १६:४३:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology