Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

शनिबार ललितपुरमा थपिए ५७ जना कोरोना संक्रमित, कुन पालिकामा कति ?

शनिबार ललितपुरमा थपिए ५७ जना कोरोना संक्रमित, कुन पालिकामा कति ?

दैनिकी न्यूज

३, आश्विन २०७७
शनिबार ललितपुरमा थपिए ५७ जना कोरोना संक्रमित, कुन पालिकामा कति ?
images

ललितपुर । ललितपुरमा शनिबार थप ५७ जना कोरोना संक्रमित थपिएका छन् ।

ललितपुर महानगरपालिका, महालक्ष्मी र गोदावरी नगरपालिकाका विभिन्न स्थानका ५७ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । तिनीहरुमध्ये २९ जना महिला र २८ जना पुरुष रहेका छन् ।

पछिल्लो दिन संक्रमितको संख्या बढीरहेको ललितपुर महानगरपालिकाका २१ जना महिला, २१ जना पुरुष गरी जम्मा ४२ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै महालक्ष्मी नगरपालिकाका ५ जना महिला, ५ जना पुरुष गरी १० जना र गोदावरी नगरपालिकाका ३ जना महिला, २ जना पुरुष गरी ५ जना कोरोना पोजिटिभ देखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

योसँगै ललितपुरमा कोरोना संक्रमितको संख्या १६ सय २० जना रहेको छ, जसमध्ये पुरुष ९०४ जना र महिला ७१६ जना रहेको छ ।

images
प्रकाशित मिति :आश्विन ३, २०७७ शनिवार - २०:१२:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology