Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थपिए ७६७ जना कोरोना संक्रमित, मृत्यू कति ?

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थपिए ७६७ जना कोरोना संक्रमित, मृत्यू कति ?

दैनिकी न्यूज

४, आश्विन २०७७
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थपिए ७६७ जना कोरोना संक्रमित, मृत्यू कति ?
images

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७६७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा ७६७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

काठमाडौंका ६०२ , भक्तपुरका १०१ र ललितपुरका ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा।गौतमले जानकारी दिए ।

काठमाडौंका संक्रमितमध्ये २३० जना महिला, २७२ पुरुष, ललितपुरका ३४ जना महिला, ३० जना पुरुष र भक्तपुरका ४१ जना महिला, ६१ जना पुरुष रहेका छन् ।

त्यस्तै आज काठमाडौं उपत्यककाका ५ जनाको निधन भएको छ । काठमाडौंका ४० वर्षिया, ६० वर्षिया र ६३ वर्षिया महिला रहेका छन् । त्यस्तै ललितपुरका ७५ वर्षिया महिला र भक्तपुरका ७२ वर्षिय महिला रहेका छन् ।

images
प्रकाशित मिति :आश्विन ४, २०७७ आइतवार - १६:३४:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology