ललितपुर । ललितपुरमा आइतबार थप ५९ जना कोरोना संक्रमित थपिएका छन् ।
ललितपुर महानगरपालिका, महालक्ष्मी र गोदावरी नगरपालिकाका विभिन्न स्थानका ५९ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । तिनीहरुमध्ये २९ जना महिला र ३० जना पुरुष रहेका छन् ।
पछिल्लो दिन संक्रमितको संख्या बढीरहेको ललितपुर महानगरपालिकाका २४ जना महिला, २३ जना पुरुष गरी जम्मा ४७ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै महालक्ष्मी नगरपालिकाका २ जना महिला, ४ जना पुरुष गरी ६ जना र गोदावरी नगरपालिकाका ३ जना महिला, ३ जना पुरुष गरी ६ जना कोरोना पोजिटिभ देखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
योसँगै ललितपुरमा कोरोना संक्रमितको संख्या १६ सय ७९ जना रहेको छ, जसमध्ये पुरुष ९३४ जना र महिला ७४५ जना रहेको छ ।