Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थपिए ६४३ जना कोरोना संक्रमित, मृत्यू कति ?

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थपिए ६४३ जना कोरोना संक्रमित, मृत्यू कति ?

दैनिकी न्यूज

६, आश्विन २०७७
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थपिए ६४३ जना कोरोना संक्रमित, मृत्यू कति ?
images

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६४३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा ६४३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

काठमाडौंका ५११ , भक्तपुरका ६३ र ललितपुरका ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा।गौतमले जानकारी दिए ।

काठमाडौंका संक्रमितमध्ये १७३ जना महिला, ३३८ पुरुष, ललितपुरका २७ जना महिला, ४६ जना पुरुष र भक्तपुरका २२ जना महिला, ४१ जना पुरुष रहेका छन् ।

त्यस्तै आज काठमाडौं उपत्यककाका १ जनाको निधन भएको छ । मृत्यु हुनेमा काठमाडौंका ५० वर्षिय पुरुष रहेका छन् ।

images
प्रकाशित मिति :आश्विन ६, २०७७ मंगलवार - १६:४०:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology