Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

ललितपुरमा कोरोना संक्रमितको संख्या १८ सय ४ पुग्यो, ११ सय ६८ जना निको भई घर फर्के

ललितपुरमा कोरोना संक्रमितको संख्या १८ सय ४ पुग्यो, ११ सय ६८ जना निको भई घर फर्के

दैनिकी न्यूज

६, आश्विन २०७७
ललितपुरमा कोरोना संक्रमितको संख्या १८ सय ४ पुग्यो, ११ सय ६८ जना निको भई घर फर्के
images

ललितपुर । ललितपुरमा मंगलबार बेलुकासम्म कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको सख्ंया १८ सय ४ जना पुगेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार संक्रमित मध्ये ११ सय ६८ जना निको भई घर फर्किसकेका छन् । त्यस्तै हाल ललितपुरका संक्रिय संक्रमितको संख्या ६२४ जना रहेका छन् । हालसम्म कोरोना भाइरसको संक्रमणबाट हालसम्म १२ जनाको निधन भएको छ ।

मंगलबार ललितपुरमा ६७ जना थपिए
मंगलबार ललितपुरमा ६७ जनामा कोरोना संक्रमण भएको छ । ललितपुर महानगरपालिका, महालक्ष्मी र गोदावरी नगरपालिकाका विभिन्न स्थानका ६७ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । तिनीहरुमध्ये २८ जना महिला र ३९ जना पुरुष रहेका छन् ।

पछिल्लो दिन संक्रमितको संख्या बढीरहेको ललितपुर महानगरपालिकाका २२ जना महिला, ३५ जना पुरुष गरी जम्मा ५७ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै महालक्ष्मी नगरपालिकाका ५ जना महिला, ३ जना पुरुष गरी ८ जना र गोदावरी नगरपालिकाका १ जना महिला, १ जना पुरुष गरी २ जना कोरोना पोजिटिभ देखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

 

images
प्रकाशित मिति :आश्विन ६, २०७७ मंगलवार - २०:२६:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology