काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६३७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा ६३७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
काठमाडौंका ४९२, भक्तपुरका ९५ र ललितपुरका ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा।गौतमले जानकारी दिए ।
काठमाडौंका संक्रमितमध्ये १६८ जना महिला, ३२४ पुरुष, ललितपुरका २६ जना महिला, २४ जना पुरुष र भक्तपुरका ४७ जना महिला, ४८ जना पुरुष रहेका छन् ।
त्यस्तै आज काठमाडौं उपत्यककाका ३ जनाको निधन भएको छ । मृत्यु हुनेमा काठमाडौंका ६८ वर्षिया महिला, १६ वर्षिय पुरुष र ललितपुरका ७४ वर्षिय पुरुषको निधन भएको प्रवक्ता गौतमले बताए ।