Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सक्रिय संक्रमितको संख्या २५ हजार नाघे फेरि लकडाउन हुने

सक्रिय संक्रमितको संख्या २५ हजार नाघे फेरि लकडाउन हुने

दैनिकी न्यूज

७, आश्विन २०७७
सक्रिय संक्रमितको संख्या २५ हजार नाघे फेरि लकडाउन हुने
images

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ ।

मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष निकालेको हो । २५ हजार बढी संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो छ’ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने ।

मन्त्रालयका तथ्यांकअनुसार बुधबार देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ छ ।

चैत ११ गतेदेखि कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएको लकडाउन साउन १ गतेसम्म भएको थियो। त्यसपछि जोरबिजोर प्रणालीमा केही खुकुलो बनाएपछि संक्रमण तिब्र बढेको भन्दै एक महिनासम्म निषेधाज्ञा गरिएको थियो।

निषेधाज्ञाप्रति आक्रोश बढ्दै गएपछि सरकारले जनजीवनलाई सहज बनाउने भन्दै अहिले अधिकांश क्षेत्र खुला गरेको छ। निषेधाज्ञाको अन्त्य भएसँगै संक्रमणदर बढ्दै गएको छ।

images
प्रकाशित मिति :आश्विन ७, २०७७ बुधवार - २०:०६:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology