ललितपुर । ललितपुरमा बुधबार थप ४७ जना कोरोना संक्रमित थपिएका छन् ।
ललितपुर महानगरपालिका, महालक्ष्मी र गोदावरी नगरपालिकाका विभिन्न स्थानका ४७ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । तिनीहरुमध्ये २६ जना महिला र २१ जना पुरुष रहेका छन् ।
पछिल्लो दिन संक्रमितको संख्या बढीरहेको ललितपुर महानगरपालिकाका २५ जना महिला, १७ जना पुरुष गरी जम्मा ४२ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै महालक्ष्मी नगरपालिकाका १ जना महिला, ३ जना पुरुष गरी ४ जना र गोदावरी नगरपालिकाका १ जना पुरुषमा कोरोना पोजिटिभ देखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
योसँगै ललितपुरमा कोरोना संक्रमितको संख्या १८ सय ५१ जना रहेको छ । बुधबार बेलुकासम्म ललितपुरमा कोरोना संक्रमित संकिय संख्या ६१८ जना रहेका छन् । हालसम्म १२ सय १९ जनाले कोरोनालाई जितेका छन् भने १४ जनाको मृत्यू भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।