Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

बिहीबार काठमाडौं उपत्यकामा थपिए ७५५ जना कोरोना संक्रमित, मृत्यू कति ?

बिहीबार काठमाडौं उपत्यकामा थपिए ७५५ जना कोरोना संक्रमित, मृत्यू कति ?

दैनिकी न्यूज

८, आश्विन २०७७
बिहीबार काठमाडौं उपत्यकामा थपिए ७५५ जना कोरोना संक्रमित, मृत्यू कति ?
images

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७५५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा ७५५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

काठमाडौंका ६०९, भक्तपुरका ५० र ललितपुरका ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा।गौतमले जानकारी दिए ।

काठमाडौंका संक्रमितमध्ये २२९ जना महिला, ३८० पुरुष, ललितपुरका ३८ जना महिला, ५७ जना पुरुष र भक्तपुरका १२ जना महिला, ३९ जना पुरुष रहेका छन् ।

त्यस्तै आज काठमाडौं उपत्यककाका ६ जनाको निधन भएको छ । मृत्यु हुनेमा काठमाडौंका ८२ वर्षिया महिला, ७५ वर्षिय, ७९ वर्षिय, ८० वर्षिय पुरुष र भक्तपुरका ७३ वर्षिया महिला, ८४ वर्षिय पुरुष रहेको प्रवक्ता गौतमले बताए ।

images
प्रकाशित मिति :आश्विन ८, २०७७ बिहिवार - १६:३७:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology