ललितपुर । ललितपुरमा बिहीबार थप ९० जना कोरोना संक्रमित थपिएका छन् ।
ललितपुर महानगरपालिका, महालक्ष्मी र गोदावरी नगरपालिकाका विभिन्न स्थानका ९० जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । तिनीहरुमध्ये ३६ जना महिला र ५४ जना पुरुष रहेका छन् ।
पछिल्लो दिन संक्रमितको संख्या बढीरहेको ललितपुर महानगरपालिकाका २९ जना महिला, ४४ जना पुरुष गरी जम्मा ७३ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै महालक्ष्मी नगरपालिकाका ६ जना महिला, ४ जना पुरुष गरी १० जना, गोदावरी नगरपालिकाका ३ जना पुरुष, बागमती गाउँपालिकाका १ महिला, ३ जना पुरुष गरी ४ जना मा कोरोना पोजिटिभ देखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
योसँगै ललितपुरमा कोरोना संक्रमितको संख्या १८ सय ४१ जना रहेको छ । बुधबार बेलुकासम्म ललितपुरमा कोरोना संक्रमित संकिय संख्या ६६८ जना रहेका छन् । हालसम्म १२ सय ५६ जनाले कोरोनालाई जितेका छन् भने १७ जनाको मृत्यू भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।