Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कोरोनामुक्त हुनेको सङ्ख्या ५० हजार नाघ्यो

कोरोनामुक्त हुनेको सङ्ख्या ५० हजार नाघ्यो

दैनिकी न्यूज

९, आश्विन २०७७
कोरोनामुक्त हुनेको सङ्ख्या ५० हजार नाघ्यो
images

काठमाडौं । कोरोना निको हुनेको सङ्ख्या ४५७ हुँदा बिहीबार थप एक हजार ४९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसहित सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार ४३७ पुगेको छ । बुधबार भने सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार ४१४ थियो ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ६९ हजार ३०१ पुगेको जानकारी दिए । हालसम्म ५० हजार ४११ जना सङ्क्रमित निको भएका छन् । बिहीबार ११ हजार ४४९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार देशमा सक्रिय सङ्क्रमितको कोरोनामुक्त हुनेको सङ्ख्या २५ हजार नाघेमा पुनः बन्दाबन्दी गर्न सिफारिस निर्णय गरेको थियो ।

यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

images
प्रकाशित मिति :आश्विन ९, २०७७ शुक्रवार - ०७:१५:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology