Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

शुक्रबार काठमाडौं उपत्यकामा थपिए ६४५ जना कोरोना संक्रमित, मृत्यू कति ?

शुक्रबार काठमाडौं उपत्यकामा थपिए ६४५ जना कोरोना संक्रमित, मृत्यू कति ?

दैनिकी न्यूज

९, आश्विन २०७७
शुक्रबार काठमाडौं उपत्यकामा थपिए ६४५ जना कोरोना संक्रमित, मृत्यू कति ?
images

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६४५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा ६४५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

काठमाडौंका ५०३, भक्तपुरका ५१ र ललितपुरका ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा. गौतमले जानकारी दिए ।

काठमाडौंका संक्रमितमध्ये १८९ जना महिला, ३१४ पुरुष, ललितपुरका ४५ जना महिला, ४६ जना पुरुष र भक्तपुरका २० जना महिला, ३१ जना पुरुष रहेका छन् ।

त्यस्तै आज काठमाडौं उपत्यककाका २ जनाको निधन भएको छ । मृत्यु हुनेमा काठमाडौंका ७५ वर्षिया महिला र ललितपुरका ५१ वर्षिय पुरुष रहेको प्रवक्ता गौतमले बताए ।

images
प्रकाशित मिति :आश्विन ९, २०७७ शुक्रवार - १६:३७:५२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology