ललितपुर । ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ । गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिलवालले पुष्टि गरेका हु्न् । गतमंगलबार स्वास्ब संकलन गरी राष्ट्रिय प्रयोगशाला टेकुमा परीक्षण गर्दा आज पोजिटिभ आएको सिलवालले बताए ।
प्रवक्ता सिलवालका अनुसार मेयर महर्जनसहित उहाँका श्रीमती गंगामाया महर्जनमा पनि कोरोना पोजिटिभ देखिएको छ । हाल उहाँहरु होम आइसोलेसनमा बसिरहनु भएको छ ।