Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

ललितपुरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण

ललितपुरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण

दैनिकी न्यूज

९, आश्विन २०७७
ललितपुरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण
images

ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ । उनलाई संक्रमण भएको पुष्टि महानगरपालिकाका प्रवक्ता राजु महर्जनले गरेका छन् ।

मेयर महर्जन हिजो स्वास्थ्य जाँचका लागि पाटन अस्पताल पुगेका थिए । उनी संक्रमित भएको पुष्टि आज भएको थियो । मेयर महर्जन घरमै आइशोलेशनमा छन् ।

यसअघि ललितपुरकै महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । दुवैजना हाल आइशोलेशनमा छन् ।

images
प्रकाशित मिति :आश्विन ९, २०७७ शुक्रवार - १८:१७:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology