Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

ललितपुरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण

ललितपुरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण

दैनिकी न्यूज

९, आश्विन २०७७
ललितपुरका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण
images

ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ । उनलाई संक्रमण भएको पुष्टि महानगरपालिकाका प्रवक्ता राजु महर्जनले गरेका छन् ।

मेयर महर्जन हिजो स्वास्थ्य जाँचका लागि पाटन अस्पताल पुगेका थिए । उनी संक्रमित भएको पुष्टि आज भएको थियो । मेयर महर्जन घरमै आइशोलेशनमा छन् ।

यसअघि ललितपुरकै महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । दुवैजना हाल आइशोलेशनमा छन् ।

images
प्रकाशित मिति :आश्विन ९, २०७७ शुक्रवार - १८:१७:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology