ललितपुर । ललितपुर जिल्ला बचत तथा ऋण सहरकारी संघका अध्यक्ष रामहरि बजगाई कोरोना भाईरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
अग्रपक्तिमा रही कार्यालय संचालन गरिरहेका संघका अध्यक्ष रामहरि बजगाई श्रीमती सीता घिमिरेसहित करिव १७ जना कर्मचारी र संघका संचालकहरुको पिसिआर टेष्टको लागि नक्सालस्थित सेन्ट्रल प्याथोलोजी ल्याबमा स्वाब संकलन गरी परिक्षण गरिएको थियो । जसमा अध्यक्ष बजगाई दम्पतीमा कोरोना पोजेटिभ देखिएको छ ।
बजगाईका अनुसार ज्वरो तथा टाउको दुखेपछि स्वाब दिएको र परीक्षक पश्चात पोजिटिभ आएको बताए ।
बजगाई दम्पती सीता घिमिरे दुबै जनाको स्वास्थ्य अबस्था सामान्य रहेको र होम आईसुलेसनमा बसेको बजगाईको भनाई छ ।