Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

शुक्रबार ललितपुरमा थपिए ९१ जना कोरोना संक्रमित, हेर्नुहोस् कुन पालिकामा कति ?

शुक्रबार ललितपुरमा थपिए ९१ जना कोरोना संक्रमित, हेर्नुहोस् कुन पालिकामा कति ?

दैनिकी न्यूज

९, आश्विन २०७७
शुक्रबार ललितपुरमा थपिए ९१ जना कोरोना संक्रमित, हेर्नुहोस् कुन पालिकामा कति ?
images

ललितपुर । ललितपुरमा शुक्रबार थप ९० जना कोरोना संक्रमित थपिएका छन् ।

ललितपुर महानगरपालिका, महालक्ष्मी र गोदावरी नगरपालिकाका विभिन्न स्थानका ९१ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । तिनीहरुमध्ये ४५ जना महिला र ४६ जना पुरुष रहेका छन् ।

पछिल्लो दिन संक्रमितको संख्या बढीरहेको ललितपुर महानगरपालिकाका ३८ जना महिला, ४१ जना पुरुष गरी जम्मा ७९ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै महालक्ष्मी नगरपालिकाका ६ जना महिला, ५ जना पुरुष गरी ११ जना, गोदावरी नगरपालिकाका १ महिलामा कोरोना पोजिटिभ देखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

योसँगै ललितपुरमा कोरोना संक्रमितको संख्या २ हजार ३२ जना पुगेको छ । शुक्रबार बेलुकासम्म ललितपुरमा कोरोना संक्रमित संकिय संख्या ७२१ जना रहेका छन् । हालसम्म १२ सय ९१ जनाले कोरोनालाई जितेका छन् भने २० जनाको कोरोनाका कारण मृत्यू भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

 

images
प्रकाशित मिति :आश्विन ९, २०७७ शुक्रवार - २०:२८:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology