Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

शनिबार ललितपुरमा थपिए ७४ जना कोरोना संक्रमित, मृत्यू कति ?

शनिबार ललितपुरमा थपिए ७४ जना कोरोना संक्रमित, मृत्यू कति ?

दैनिकी न्यूज

१०, आश्विन २०७७
शनिबार ललितपुरमा थपिए ७४ जना कोरोना संक्रमित, मृत्यू कति ?
images

ललितपुर । ललितपुरमा शनिबार थप ७४ जना कोरोना संक्रमित थपिएका छन् ।

ललितपुर महानगरपालिका, महालक्ष्मी र गोदावरी नगरपालिकाका विभिन्न स्थानका ७४ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । तिनीहरुमध्ये ३७ जना महिला र ३७ जना पुरुष रहेका छन् ।

पछिल्लो दिन संक्रमितको संख्या बढीरहेको ललितपुर महानगरपालिकाका २९ जना महिला, ३१ जना पुरुष गरी जम्मा ६० जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै महालक्ष्मी नगरपालिकाका ६ जना महिला, ३ जना पुरुष गरी ९ जना, गोदावरी नगरपालिकाका २ जना महिला, ३ पुरुष गरी ५ जनामा कोरोना पोजिटिभ देखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

योसँगै ललितपुरमा कोरोना संक्रमितको संख्या २१ सय ६ जना रहेको छ । शनिबार बेलुकासम्म ललितपुरमा कोरोना संक्रमित संकिय संख्या ७५५ जना रहेका छन् । हालसम्म १३ सय ३१ जनाले कोरोनालाई जितेका छन् भने २० जनाको मृत्यू भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन १०, २०७७ शनिवार - २०:५५:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology