Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

शंका लागेको २ सातासम्म लक्षण देखिएन भने कोराना परीक्षण गर्नु पर्दैनः स्वास्थ्य मन्त्रालय

शंका लागेको २ सातासम्म लक्षण देखिएन भने कोराना परीक्षण गर्नु पर्दैनः स्वास्थ्य मन्त्रालय

दैनिकी न्यूज

११, आश्विन २०७७
शंका लागेको २ सातासम्म लक्षण देखिएन भने कोराना परीक्षण गर्नु पर्दैनः स्वास्थ्य मन्त्रालय
images

काठमाडौं । यात्रा गर्नेबित्तिकै कोरोनाको शंका गरेर परीक्षण नगर्न सरकारले सबैमा आग्रह गरेको छ।

संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएको ५ दिनअघि परीक्षण गराउँदा आफूमा संक्रमण छरछैन भन्ने थाहा नहुने भन्दै स्वास्थ्य मन्त्रालयले यात्रा गर्नेबित्तिकै हतारमा कोरोना परीक्षण नगर्न आग्रह गरेको हो।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यात्रा गर्ने व्यक्तिले दुई सातासम्म क्वारेन्टिनमा बस्नुपर्ने र यस अवधिमा कोरोना संक्रमणका कुनै लक्षण देखापरे स्थानीय सरकारलाई जानकारी गराउन पनि आग्रह गरे।

तर दुई सातासम्म कोरोना संक्रमणका कुनै लक्षण देखिएन भनेचाहिँ पीसीआर परीक्षण गर्न आवश्यक नहुने उनले बताए।

अत्यन्त जरुरी भए मात्र यात्रा गर्न सुझाव दिँदै उनले यात्राका क्रममा तोकिएको जनस्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न अनुरोध गरे।

लकडाउन खुलेलगत्तै विभिन्न पेसा व्यवसायका सिलसिलामा काठमाडौं उपत्यका भित्रने व्यक्तिलाई घरधनी वा छिमेकीले पीसीआर परीक्षण गरेर मात्र आउन दबाब दिएको र त्यसका लागि सर्वसाधारणले दुःख पाएको भन्दै स्वास्थ्य मन्त्रालयले राजधानी भित्रनेबित्तिकै परीक्षणका लागि दबाब नदिन पनि अनुरोध गरेको छ।

मन्त्रालयका प्रवक्ता गौतमले आफ्नो घरमा भाडामा बस्नेलाई यात्रा गरी आएको २ सातासम्म कोठाभित्रै एक्लै बस्ने वातावरण सिर्जना गरिदिन आग्रह गरे।

नियमित पत्रकार सम्मेलनअन्तर्गत शनिबार उनले भने, ‘कोठामा बस्ने हरेक मानिस तपाईंका परिवारका सदस्यजस्तै हुन्, सधैँ पैसा तिरेर तपाईंको गर्जो टार्ने व्यक्तिलाई पराइको व्यवहार नगर्न र अप्ठ्यारो परिस्थितिमा मानवीयता नगुमाउन अनुरोध गर्छु।’ रासस

images
प्रकाशित मिति :आश्विन ११, २०७७ आइतवार - ०८:३८:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology