Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

फेरि बढ्न थाल्यो कोरोना संक्रमितको संख्या, निको हुने संख्या पनि ह्वात्तै घट्यो

फेरि बढ्न थाल्यो कोरोना संक्रमितको संख्या, निको हुने संख्या पनि ह्वात्तै घट्यो

दैनिकी न्यूज

११, आश्विन २०७७
फेरि बढ्न थाल्यो कोरोना संक्रमितको संख्या, निको हुने संख्या पनि ह्वात्तै घट्यो
images


काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टमा थप १ हजार ५७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या फेरि बढेको हो । विगत एक हप्तासम्म संक्रमितको संख्या १३ सय बढी थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको नियमित प्रेस ब्रिफिङमा देशभरमा थप १ हजार ५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिइएको हो । योसँगै देशमा संक्रिय संक्रमितको संख्या १९ हजार १९ पुगेको छ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार हाल संस्थागत आइसोलेनमा ८ हजार ३२१ रहेका छन्। पछिल्लो २४ घण्टामा थप ८८५ जना निको भएर डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको संख्या ५३ हजार ८ ९८ पुगेको छ।

शुक्रबार र शनिबार कोरोना निको हुने संख्या उच्च भएपनि आइतबार भने घटेको छ । सरकारले २५ हजार सक्रिय संक्रमित भए फेरि लकडाउन गर्ने तयारी गरेका कारण निको हुने दर घट्नु राम्रो संकेत नभएको विज्ञहरु बताउँछन् ।

images
प्रकाशित मिति :आश्विन ११, २०७७ आइतवार - १६:३७:०४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology