ललितपुर । नेपालको कोरोना संक्रमितको संख्या काठमाडौं उपत्यकामा बढी थपिन थालेको छ । काठमाडौँसहित ललितपुर र भक्तपुरमा पछिल्लो २४ घण्टमा ८०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ८०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार काठमाडौँमा ६३३, भक्तपुरमा ७२ र ललितपुरमा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार उपत्यकामा ७२४ जनामा कोरोना पुष्टि भएको थियो। आइतबार देखिएको संख्या अपहलेसम्मकै उच्च हो ।
यस्तै ललितपुरमा एकैदिन सय बढी संक्रमित थपिएका छन्, यो अहिलेसम्मकै उच्च हो । ललितपुर महानग।पालिकाका मेयर चिरिबाबु महर्जन, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ समेत कोरोना संक्रमण भएर आइसोलेसनमा रहेका छन् । यस्तै केही सहकारीकर्मीहरु रामहरि बजगाईँ, रामशरण बस्नेत समेत कोरोना संक्रमण भएर होम आइसोलेसनमा रहेका छन् ।
कोरोना संक्रमण भएर काठमाडौँ उपत्यकाका ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँका १ महिलासहित ३, ललितपुरका २ रहेका छन् ।