Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

दसैँकै मुखमा कोरोनाको हटस्पट जाँदैछन् नेपाली

दसैँकै मुखमा कोरोनाको हटस्पट जाँदैछन् नेपाली

दैनिकी न्यूज

१३, आश्विन २०७७
दसैँकै मुखमा कोरोनाको हटस्पट जाँदैछन् नेपाली
images

धनगढी । दसैँ–तिहार नजिकिँदै छन्, तर रोजगारी खोज्न सीमा पार गर्नेको संख्या झन्झन् बढ्दै छ। भारतमा कोरोना संक्रमितको संख्या ६० लाख नाघेको छ । तर, रोगको डरले यता आउनेभन्दा भोकको डरले उता जानेको हुल पाँच गुणा ठूलो छ ।

महिनौँ बेरोजगार बस्दा छाक टार्नसमेत समस्या हुन थालेपछि चाडपर्वकै मुखमा भारत जाने युवाको लर्को झन् बढेको छ ।

धनगढीको त्रिनगर नाकाबाट मात्र पछिल्ला दुई दिनमा तीन हजार नेपाली भारत गएका छन् । ‘पहिले दुई–चार सय हुन्थे, बीचमा हजारको संख्या थियो, हिजोआज दैनिक डेढ हजारसम्म भारत जाने गरेका छन्,’ सीमामा खटिएका सशस्त्र प्रहरी बलका अधिकारीहरू भन्छन्, ‘उताबाट भने दिनमा करिब तीन सयजनासम्म आइरहेका छन् ।’

धनगढी उपमहानगरपालिका– १ का रमेश विकले धनगढीमै अटोरिक्सा चलाउन थालेको पाँच वर्ष भएको थियो, सबै ठीकै थियो । तर, चैतबाट लकडाउन सुरु भएपछि उनी झन्डै सात महिना कामविहीन भए । लकडाउन खुले पनि यात्रु छैनन्, आम्दानी नभएपछि उनी अटो साहुलाई बुझाएर आइतबार भारततिर लागेका छन्।

नेपालमै यो हालत भयो, भारतमा के हुने हो, उनलाई थाहा छैन । तर, मुम्बईमा रोजगारी खोज्ने उनको योजना छ ।

‘जीवनका १५ वर्ष भारतमा कठिन श्रम गरेको हुँ, अब जस्तोसुकै काम भए पनि आफ्नै देशमा गर्छु भनेर पाँच वर्षअघि स्वदेश फर्केको हुँ, तर मैले गल्ती सोचेको रहेछु, स्वदेशमा हारेर फेरि विदेश जाँदै छु,’ उनले भने । उनी सीमा कटेका छन्, अब घरमा श्रीमती र चारजना नाबालक छोराछोरीको साँझ–बिहानको छाक सुखले टर्ला कि भन्ने आशा पलाएको छ। आजको नयाँ पत्रिका दैनिकमा विश्वराज पछडङ्ग्या र तेजराज भट्टले यो समाचार लेखेका छन्।

images
प्रकाशित मिति :आश्विन १३, २०७७ मंगलवार - ०६:५३:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology