Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

श्रेष्ठले किन भने सिंहदरबारका दुई–चारजनाको मृत्यु नभई कोरोना नियन्त्रण हुँदैन ?

श्रेष्ठले किन भने सिंहदरबारका दुई–चारजनाको मृत्यु नभई कोरोना नियन्त्रण हुँदैन ?

दैनिकी न्यूज

१३, आश्विन २०७७
श्रेष्ठले किन भने सिंहदरबारका दुई–चारजनाको मृत्यु नभई कोरोना नियन्त्रण हुँदैन ?
images

काठमाडौं । उपत्यका नगरपालिका फोरमका सचिव तथा मध्यपुरठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले सिंहदरबारमा कोरोना संक्रमणले दुई–चारजनाको मृत्यु नभएसम्म उपत्यकामा कोरोना नियन्त्रण नहुने बताएका छन्।

‘अहिले देशभर संक्रमितमध्ये आधा उपत्यकामै छन्, यो हामीले देख्दा-देख्दै शून्यबाट यहाँ पुगेको हो, यसमा सबैभन्दा ठूलो दोष सिंहदरबारकै छ,’ उनले भने। रफत सञ्चार क्लबमा आयोजित साक्षात्कारमा बोल्दै मेयर श्रेष्ठले सिंहदरबारले नचाहेसम्म उपत्यकामा कोरोना नियन्त्रण असम्भव रहेको बताए।

‘पहिले बाहिरबाटै उपत्यकामा भित्रिएको हो, अब दसैँ र तिहारका लागि घर जानेहरूले देशैभरि घरघरमा कोरोना पुर्‍याउँदैछन्,’ उनले भने, ‘त्यसैले कोरोनाले सिंहदरबारमै दुई–चारजना मर्नुपर्छ, तब मात्रै यसको नियन्त्रणमा ध्यान पुग्छ।’

सरकारले आवतजावत्लाई पूर्ण निषेध गर्नुपर्ने अवस्थामा देशैभरि आवतजावत खुला गर्नुले देशैभरि महामारी फैलिने जोखिम रहेको उनको भनाइ रहेको खबर नयाँ पत्रिका दैनिकमा छ।

‘सक्रिय संक्रमित भएका ठाउँमा निषेधाज्ञा लगाउनुपर्छ, आवतजावतलाई रोक्नुपर्छ, नत्र दसैँसम्म उपत्यकामा बढ्दो संक्रमितको संख्याले लाख नाघ्छ,’ उनले भने। मेयर श्रेष्ठले उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको निषेधाज्ञा कागजमै सीमित बनेकाले महामारी फैलिएको आरोप लगाए ।

images
प्रकाशित मिति :आश्विन १३, २०७७ मंगलवार - ०७:११:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology