Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

तीव्र रुपमा फैलन थाल्यो कोरोना संक्रमण, मंगलबार देशभर थपिए ठूलो संख्यामा संक्रमित

तीव्र रुपमा फैलन थाल्यो कोरोना संक्रमण, मंगलबार देशभर थपिए ठूलो संख्यामा संक्रमित

दैनिकी न्यूज

१३, आश्विन २०७७
तीव्र रुपमा फैलन थाल्यो कोरोना संक्रमण, मंगलबार देशभर थपिए ठूलो संख्यामा संक्रमित
images

काठमाडौं । नेपालमा कोरोना संक्रमण झन् तीव्र हुँदै गएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि संक्रमण बढ्ने क्रम जारी रहेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेको प्रेस ब्रिफिङमा देशभरमा १ हजार ५१३ थप जनामा कोरोना पुष्टि भएको बताए।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार देशभरमा २० हजार २९६ सक्रिय संक्रमित रहेका छन्।
पछिल्लो २४ घण्टामा १० हजार ८९१ पीसीआर परीक्षण गरिएको थियो।

त्यस्तै पछिल्लो २४ घण्टामा ७३१ निको भएसँगै अहिलेसम्म निको हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ।
त्यस्तै देशभरमा ९ हजार ६८९ संस्थागत आइसोलेसनमा रहेका छन्।

images
प्रकाशित मिति :आश्विन १३, २०७७ मंगलवार - १६:२७:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology