Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

काठमाडौं उपत्यकामा थपिए झण्डै हजार कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए झण्डै हजार कोरोना संक्रमित

दैनिकी न्यूज

१३, आश्विन २०७७
काठमाडौं उपत्यकामा थपिए झण्डै हजार कोरोना संक्रमित
images

ललितपुर । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ९ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्लामा थप ९३४ जनामा कोरोना पुष्टि भएको हो।

यो एकैदिन संक्रमित हुनेमध्ये अहिलेसम्मकै उच्च संख्या हो। मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ७४७ , भक्तपुरमा ७३ र ललितपुरमा ११४ जनामा कोरोना पुष्टि भएको हो। ललितपुरमा सोमबार एकैदिन १ सय३७ जनामा कोरोना संक्रमण भएको थियो । पछिल्लो दिन उपत्यकामा तीव्र रुपमा संक्रमण फैलिएको छ । मंगलबार देशभर १ हजार ५१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा उपत्यकामा मात्रै ९ सय ३४ जनामा संक्रमण भएको हो ।

images
प्रकाशित मिति :आश्विन १३, २०७७ मंगलवार - १६:४२:५७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology