Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

मंगलबार ललितपुरमा थपिए ९७ जना कोरोना संक्रमित, हेर्नुहोस् कुन पालिकामा कति ?

मंगलबार ललितपुरमा थपिए ९७ जना कोरोना संक्रमित, हेर्नुहोस् कुन पालिकामा कति ?

दैनिकी न्यूज

१३, आश्विन २०७७
मंगलबार ललितपुरमा थपिए ९७ जना कोरोना संक्रमित, हेर्नुहोस् कुन पालिकामा कति ?
images

ललितपुर । ललितपुरमा मंगलबार थप ९७ जना कोरोना संक्रमित थपिएका छन् ।

ललितपुर महानगरपालिका, महालक्ष्मी र गोदावरी नगरपालिकाका विभिन्न स्थानका ९७ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । तिनीहरुमध्ये ३९ जना महिला र ५८ जना पुरुष रहेका छन् ।

पछिल्लो दिन संक्रमितको संख्या बढीरहेको ललितपुर महानगरपालिकाका ३५ जना महिला, ५० जना पुरुष गरी जम्मा ८५ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै महालक्ष्मी नगरपालिकाका ४ जना महिला, ६ जना पुरुष गरी १० जना, गोदावरी नगरपालिकाका २ जना पुरुषमा कोरोना पोजिटिभ देखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

योसँगै ललितपुरमा कोरोना संक्रमितको संख्या २ हजार ४१५ जना पुगेको छ । मंगलबार बेलुकासम्म ललितपुरमा कोरोना संक्रमित संकिय संख्या ९६९ जना रहेका छन् । हालसम्म १४ सय २५ जनाले कोरोनालाई जितेका छन् भने २१ जनाको कोरोनाका कारण मृत्यू भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन १३, २०७७ मंगलवार - २०:२४:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology