Logo

आइतवार, श्रावण २४ गते २०८३

images

चर्चित अधिवक्ताहरुले गर्ने बहसमा के होला वामदेवको मुद्दा

चर्चित अधिवक्ताहरुले गर्ने बहसमा के होला वामदेवको मुद्दा

दैनिकी न्यूज

१४, आश्विन २०७७
चर्चित अधिवक्ताहरुले गर्ने बहसमा के होला वामदेवको मुद्दा
images

काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य नियुक्ति बदरको माग गर्दै परेको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको संवैधानिक इजलासमा परेको छ ।
सो मुद्दालाई पेसी सूचीमा इजलास नं. पूर्ण १ मा राखिएको छ । यो संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र इश्वर खतिवडा छन् । बहस अहिले जारी छ । गौतमलाई राष्टिरयसभा सदस्य बनाउन भदौ २९ गते सरकारले राष्ट्रपति कार्यालयमा सिफारिस गरेको थियो । गौतमले १ गते शपथ लिएका थिए । राष्ट्रियसभा सांसद बनेपछि उनलाई मन्त्रीसमेत बनाउन लागेको भन्दै असोज ५ गते
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले नियुक्ति बदरको माग राख्दै सर्वाेच्च अदालतमा रिट हालेका थिए । सो रिटको असोज ७ गते न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले प्रारम्भिक सुनुवाई गर्दै सो नियुक्तिलाई यथास्थितिमा राख्दै थप जिम्मेवारी नदिन आदेश दिएको थियो ।
यसैबीच गौतमको पक्षबाट वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, राघवलाल बैद्य, प्रेमबहादुर खड्का चन्द्र कान्त ज्ञवाली र कुमार आचार्य लगायत १३ जना भन्दा बढी चर्चित अधिवक्ताहरुले बहस गरिरहेका छन् । उता रिट हाल्ने त्रिपाठीको तर्फबाट हरि उप्रेतीसहितका अधिवक्ता बहसमा छन ।

images
प्रकाशित मिति :आश्विन १४, २०७७ बुधवार - १२:३२:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology