Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थपिए ९०२ जना कोरोना संक्रमित, मृत्यू कति ?

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थपिए ९०२ जना कोरोना संक्रमित, मृत्यू कति ?

दैनिकी न्यूज

१४, आश्विन २०७७
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थपिए ९०२ जना कोरोना संक्रमित, मृत्यू कति ?
images

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९०२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा ९०२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

काठमाडौंका ६९७, भक्तपुरका ९३ र ललितपुरका ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा. गौतमले जानकारी दिए ।

काठमाडौंका संक्रमितमध्ये २७४ जना महिला, ४२३ पुरुष, ललितपुरका ४६ जना महिला, ६६ जना पुरुष र भक्तपुरका ५३ जना महिला, ४० जना पुरुष रहेका छन् ।

त्यस्तै आज काठमाडौं उपत्यककाका ३ जनाको निधन भएको छ । मृत्यु हुनेमा काठमाडौंका ३४ वर्षिया, ८६ वर्षिय महिला र ५४ वर्षिय पुरुषको निधन भएको प्रवक्ता गौतमले बताए ।

images
प्रकाशित मिति :आश्विन १४, २०७७ बुधवार - १६:३६:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology