काठमाडौं । काठमाडौं उपत्यकामा थप ९४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९४३ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमित थपिएको यो संखया अहिलेसम्म कै धेरै हो ।
आज थपिएका नयाँ संक्रमित काठमाडौंका ८१७ जना, ललितपुरमा ६८ जना र भक्तपुरमा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंका २७२ जना महिला, ५४५ जना पुरुष, ललितपुरका ३० जना महिला, ३८ जना पुरुष र भक्तपुरका २६ जना महिला, ३२ जना पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौंका ७८ वर्षिय पुरुष, ५८ वर्षि पुरुष, भक्तपुरका ६८ वर्षिय पुरुष र ललितपुरका ४८ वर्षिय पूरुषको निधन भएको छ ।