काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको छ ।
स्वास्थ्य समस्या देखिएपछि मंगलबार पीसीआर गरेका पौडेलको नतिजा पोजिटिभ देखिएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि निर्देशक पौडेल आइसोलेसनमा बसेका थिए ।
निगमको कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै उनको सम्पर्कमा रहेका सबैलाई सजकता अपनाउन आग्रहसमेत गरेको छ ।