ललितपुर । ललितपुरमा बिहीबार थप ६९ जना कोरोना संक्रमित थपिएका छन् ।
ललितपुर महानगरपालिका, महालक्ष्मी र गोदावरी नगरपालिकाका विभिन्न स्थानका ६९ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । तिनीहरुमध्ये २८ जना महिला र ४१ जना पुरुष रहेका छन् ।
पछिल्लो दिन संक्रमितको संख्या बढीरहेको ललितपुर महानगरपालिकाका २१ जना महिला, ३५ जना पुरुष गरी जम्मा ५६ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै महालक्ष्मी नगरपालिकाका ४ जना महिला, १ जना पुरुष गरी ५ जना, गोदावरी नगरपालिकाका ३ जना महिला, ५ जना पुरुष गरी ८ जनामा कोरोना पोजिटिभ देखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
योसँगै ललितपुरमा कोरोना संक्रमितको संख्या २५ सय ९२ जना रहेको छ । आजसम्म डिस्चार्ज हुनेको संख्या १५ सय ५४ जना, मृत्यू हुनेको संख्या २३ जना पुगेको छ । त्यसैगरी ललितपुरमा संक्रिय संक्रमितको संख्या १ हजार १५ जना रहेको छ ।