Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

पिसिआर परीक्षण निशुल्क गर्न सर्वाेच्चको आदेश

पिसिआर परीक्षण निशुल्क गर्न सर्वाेच्चको आदेश

दैनिकी न्यूज

१५, आश्विन २०७७
पिसिआर परीक्षण निशुल्क गर्न सर्वाेच्चको आदेश
images

काठमाडौं । सर्वोच्च अदालतले कोरोना परीक्षणका लागि गरिने पीसीआर परीक्षणमा निशुल्क गर्न सरकारका नाममा परमादेश दिएको छ । पिसिआरको शुल्क लिन बन्द गर्न माग गर्दै परेको रिटमा बिहीबार न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र टङ्‍कबहादुर मोक्तानको संयुक्त इजलासले परामादेश जारी गरेको हो ।

पीसीआर परीक्षण निस्शुल्क हुनुपर्छ भनी अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले परमादेश माग गर्दै रिट दायर गरेका थिए । अन्तरिम आदेश दिने कि नदिने भन्‍नेबारेकै सुनुवाइमा अंग पुगेकाले सर्वोच्चले अन्तिम आदेश जारी गरेको हो ।

images
प्रकाशित मिति :आश्विन १५, २०७७ बिहिवार - २१:५५:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology