Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

नेपालमा कोरोना सङ्क्रमण बढ्यो

नेपालमा कोरोना सङ्क्रमण बढ्यो

दैनिकी न्यूज

१६, आश्विन २०७७
नेपालमा कोरोना सङ्क्रमण बढ्यो
images

काठमाडौँ । नेपालमा दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या निरन्तर बढिरहेको छ । बिहीबार मात्र नेपालमा एक हजार ९११ जनामा कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमण पुष्टि भएको छ । बुधबार एक हजार ५५९ जना सङ्क्रमित भएका थिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ४४४ जनाको पीसीआर परीक्षण गर्दा थप एक हजार ९११ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।


यस्तै काठमाडौँ उपत्यकामा थप ९४३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौँमा ८१७, भक्तपुरमा ५८ र ललितपुरमा ६८ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढुुङ्गेलले लेखेका छन् ।

images
प्रकाशित मिति :आश्विन १६, २०७७ शुक्रवार - ०६:४६:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology