काठमाडौं । काठमाडौं उपत्यकामा थप १६ सय ६२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १६ सय ६२ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमित थपिएको यो संखया अहिलेसम्म कै धेरै हो ।
आज थपिएका नयाँ संक्रमित काठमाडौंका १२८० जना, ललितपुरमा १६२ जना र भक्तपुरमा १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काठमाडौंका ४७० जना महिला, ८१० जना पुरुष, ललितपुरका ७७ जना महिला, ८५ जना पुरुष र भक्तपुरका ८० जना महिला, ११६ जना पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाभित्रका ५ जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा काठमाडौंका ६७ वर्षिया महिला, भक्तपुरका ६१ वर्षिय, ५१ वर्षिया महिला र ललितपुरका २७ वर्षिय, ३२ वर्षिय, ७० वर्षिय पुरुष रहेका छन् ।