Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

शुक्रबार नेपालमा ११ जना कोरोना संक्रमितको मृत्यु

शुक्रबार नेपालमा ११ जना कोरोना संक्रमितको मृत्यु

दैनिकी न्यूज

१६, आश्विन २०७७
शुक्रबार नेपालमा ११ जना कोरोना संक्रमितको मृत्यु
images

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ५२० पुगेको छ । आज मात्र ११ जनाको मृत्यु भएको छ ।

1.jpg

काठमाडौं उपत्यकामा आज १ हजार ६३८ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा १ हजार २८०, भक्तपुरमा १९६ र ललितपुरमा १६२ जना थपिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै काठमाडौंमा २१ हजार ६७३, ललितपुरमा २ हजार ६८७ र भक्तपुरमा २ हजार ३८१ संक्रमित पुगे । अब काठमाडौं उपत्यकामा संक्रमितको संख्या २६ हजार ७४१ पुगेको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ६० हजार ६९६ पुगेको छ । आज निको हुनेको संख्या ३ हजार ३०७ छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ । आज २ हजार ७२२ जना थपिएका छन् ।

आजको पिसिआर परिक्षण १४ हजार ७३९ रहेको छ । आज २१ हजार २३४ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

images
प्रकाशित मिति :आश्विन १६, २०७७ शुक्रवार - १७:४५:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology