ललितपुर । काठमाडौं उपत्यकामा कोरोना संक्रमण उच्च भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाका तीन जिल्लामा १ हजार १७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले शनिबार सबैभन्दा बढी काठमार्डौँमा संक्रमित थपिएको बताए । पछिल्लो २४घण्टामा काठमाडौंमा मात्रै १ हजार १ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ६७ र ललितपुरमा १०९ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंपछि ललितपुरमा बढी संक्रमित थपिएका छन् ।