Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

प्रधानमन्त्री ओलीको सचिवालयका ४ जनामा कोरोना संक्रमण

प्रधानमन्त्री ओलीको सचिवालयका ४ जनामा कोरोना संक्रमण

दैनिकी न्यूज

१७, आश्विन २०७७
प्रधानमन्त्री ओलीको सचिवालयका ४ जनामा कोरोना संक्रमण
images

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीमा कोरोना पोजेटिभ देखिएको छ । पीसीआर परीक्षणका लागि उनीहरु चारैजनाको शुक्रबार स्वाव संकलन गरिएको थियो ।

विशेष सल्लाहकार रिमालले सामाजिक सञ्जाल ट्वीटमा लेखेका् छ, “हिजोको पीसीआर परीक्षणबाट ममा पनि कोरोना पोजेटिभ देखियो, यसबीच मसँग सम्पर्कमा आउनुभएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग्रह गर्दछु ।”

प्रेस सल्लाहकार थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेको छ, “हिजोको पीसीआर परीक्षणले ममा कोरोना पोजेटिभ देखियो, यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरुले विशेष सावधानी अपनाउन आग्रह गर्दछु ।”

त्यसैगरी परराष्ट्र मामिला विज्ञ सल्लाहकार डा. राजन भट्टराईलाई पनि कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जाल फेसबुकमा भर्खरै लेखेको छ, “हिजोको पीसीआर परीक्षणमा ममा कोरोना पोजेटिभ देखियो, यस बीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरुले विशेष सावधानी अपनाउन आग्रह गर्दछु ।”

यसैगरी प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीमा पनि कोरोना संक्रमण देखिएको छ । प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईकाअनुसार आज सचिवालयका चार जनामा कोरोना पुष्टि भएको हो । सञ्चारविज्ञ बजगाईको परीक्षण रिपोर्ट आउन बाँकी छ ।

images
प्रकाशित मिति :आश्विन १७, २०७७ शनिवार - १९:५४:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology