Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सातसय जना कैदीलाई कोरोना संक्रमण, ८ जनाको मृत्यु

सातसय जना कैदीलाई कोरोना संक्रमण, ८ जनाको मृत्यु

दैनिकी न्यूज

१७, आश्विन २०७७
सातसय जना कैदीलाई कोरोना संक्रमण, ८ जनाको मृत्यु
images

कामाडौं । मलुकका विभिन्न कारागारमा रहेका ७०० जना बढी कैदीबन्दीलाई कोभिड–१९ संक्रमण भएको कारागार व्यवस्थापन विभागले बताएको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८ जनाको मृत्यु भएको विभागका सूचना अधिकारी देवर्शी सापकोटाले जानकारी दिए । त्यसमध्ये सबैभन्दा बढी केन्द्रीय कारागार कार्यालय सुन्धारामा रहेका ६ जना संक्रमितको मृत्यु भएको बताइएको छ । बाँके र मोरङ्मा एक एक जनाको निधन भएको सापकोटाले बताए ।

प्राप्त विवरणअनुसार अहिलेसम्म विभिन्न कारागार कार्यालयका १ हजार ९०० जना बढीको पीसीआर परीक्षण भएको थियो । त्यसमध्ये ७०० जना पोजिटिभ भएको र झण्डै २०० जना उपचारपछि निको भएको बताइएको छ । विभागले ज्वरो, खोकी आएका र सम्भावित लक्षण देखिएकाको परीक्षण गर्ने गरेको छ ।

संक्रमण फैलिन नदिन स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरी उच्च सावधानी अपनाइएको र बाहिरको भेटघाटलाई समेत बन्द गरिएको छ । आफन्तले ल्याएको खानेकुरासमेत प्रवेश निषेध गरिएको सूचना अधिकारी सापकोटाले बताए ।

शंकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राखेर उपचार गर्ने गरिएको छ । विभागका अनुसार पर्सा, बाँके, स्याङ्जा, ललितपुर, सिन्धुपाल्चोक, काठमाडौं, पाँचथर, जुम्ला, सप्तरी, सिराहा, सुनसरी, मोरङलगायत कारागारमा कोरोना देखिएको छ ।रासस

images
प्रकाशित मिति :आश्विन १७, २०७७ शनिवार - १९:५९:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology