Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

बूढानीलकण्ठका मेयर खरेललाई कोरोना पुष्टि

बूढानीलकण्ठका मेयर खरेललाई कोरोना पुष्टि

दैनिकी न्यूज

१८, आश्विन २०७७
बूढानीलकण्ठका मेयर खरेललाई कोरोना पुष्टि
images

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धवप्रसाद खरेललाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । पिसिआर विधिबाट शुक्रबार खरेलको कोरोना परीक्षण गरिएकोमा शनिबार खरेलको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले जानकारी दिए।

भट्टटराईका अनुसार मेयर खरेलका सवारी चालकलाई ५ दिन अघि कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि कन्ट्याक्ट ट्रेसिङमा परेका खरेलले पनि परीक्षण गराएको नगरपालिकाले जनाएको छ । कोरोना सङ्क्रमण देखिए पनि मेयर खरेलको अवस्था सामान्य छ ।

नगरपालिकाका अनुसार उनमा लक्षणसमेत देखिएको छैन । मेयर खरेल अहिले होम आइसोलेसनमा बसेको प्रवक्ता भट्टराईले जानकारी दिए । रासस

images
प्रकाशित मिति :आश्विन १८, २०७७ आइतवार - ०८:१८:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology